विचार

‘जीवन एउटा सुन्दर उपहार हो’

विश्वभर फैलिएको कोरोनाभाईरस महामारीले यतीबेला अधिकांश मुलुकहरु अस्तव्यस्त नै छन् । कोभिड १९ नामक यो भाईरसले संसारभरका मानिसको दैनीकी जीवनमा ठुलै धक्का दियो । अधिकांशका जीवन शैलीमा अकस्मात परिवर्तन ल्याईदिएको छ । यो भाईरस संक्रमण र त्यसबाट हुने रोगको त्रासले अधिकांश देशमा मानिसहरुका गतिविधिहरु अत्यावाश्यक काममा मात्रै सीमित गराईयो । भाईरस फैलिन नदिनका लागि अवलम्बन गरिएका उपयास्वरुप विश्वका धेरैजसो मानिसहरु घरभित्रै सिमित भए ।

यसैबीच नेपालमा पनि यो भाईरस फैलिनबाट रोक्नका लागि सरकारद्धारा निषेधाज्ञा लागु गरियो । तर, अहिले लकडाउन खुकुलो बनाईएको छ । हिजो यो भाईरस संक्रमणको सुरुवाती चरणमा जति सचेत भएको पाईन्थ्योे तर आज आएर यसको सावधानीमा मानिसहरुले त्यति महत्व ठानेको देखिँदैन । लकडाउन खुलेसँगै नेपालमा यो भाईरस संक्रमणदर झनै बढेर गएको छ । हामी यो भाईरस संक्रमित हुनबाट जोगिन यतिबेला झनै सतर्क रहनु पर्ने अवस्था देखिएको छ ।

लकडाउन खुलेसँगै नेपालमा यो भाईरस संक्रमणदर झनै बढेर गएको छ । हामी यो भाईरस संक्रमित हुनबाट जोगिन यतिबेला झनै सतर्क रहनु पर्ने अवस्था देखिएको छ ।

हामी आ-आफ्नै दैनिकी जीवनमा बाँचिरहेको हुन्छौ । कतिपय हामी आफ्नो परिवार धान्नका लागि जिम्मेवारी काँधमा लिई विभिन्न काममा खटिनु पर्ने बाँध्यात्मक परिस्थितीमा हुन्छौँ । मानिसको व्यस्त जीवनशैलीले परिवार संचालनका लागि कुनै न कुनै रुपमा जिम्मेवारी बोकेको हुन्छ । तर, आफू स्वयम् जिम्मेवारीपालनमा दौडिरहँदा आफ्नो घर-परिवारका सदस्यहका लागि यो सोचिरहेका हुँदैनौँ कि हामी स्वस्थ भयौँ भने मात्रै परिवारमा पनि खुशि मिल्छ, स्वस्थ रहन्छ । यसकारण तपाई घर परिवारको सबैभन्दा महत्वपुर्ण व्यक्ति हुनुहुन्छ, तपाईको सोच सकारात्मक भयो भने मात्रै तपाईको परिवार र तपाईको जीवन खुशि हुन्छ ।

जीवन उपहार हो
मानिसको जीवन उपहार हो । जव हामी जन्मिन्छौँ, यो नै हाम्रो जीवनको अनमोल उपहार हो । उमेर ढल्किँदै जाँदा हामी बिरामी पर्छौ, जीवनमा विभिन्न कालखण्डाहरु पार गर्दै अनेकौँ सामना गर्नैपर्ने हुन्छ । मान्छेको जीवन अजम्मरी होईन तर, हामी अजम्बरी जिउने प्रयास गर्नुपर्छ । मानिस धर्तिको चेतनशील प्राणी हो । व्यक्ति, परिवार, समाज समग्र राष्ट्रलाई नै कसरी सञ्चालन गर्ने मानिसकै हातमा हुन्छ ।

कतिपय चिजको आविष्कार एक व्यक्तिले नै गरेका छन् । जसरी एक चीजनको आविष्कार गर्न एक व्यक्तिले नै सुरुवात गर्छन् भने, कुनै पनि राम्रो कामको सुरुवात हामी भन्दा पनि म आफुबाट गर्नु आवश्यक छ । प्रत्येक व्यक्तिले आफ्नो जीवन (भगवान भनेर हामी मन्दिर जान्छौ, दुख पर्दा, केही समस्यामा पर्दा प्राथना गर्दै भगवानलाई सम्झन्छौ) हो उनै भगवानले दिनुभएको उपहार हो जीवन । सम्झिनुस् त जसरी कुनै प्रिय मान्छेले कुनै उपहार दिँदा हामी जति प्रसन्न हुन्छौ, त्यो उपहारको हामी जति इज्जत गर्छौ, जति आफ्नो बुद्धिविवेकले भ्याएसम्म त्यसलाई सफा र सुरक्षित स्थानमा राख्ने प्रयास गर्छौ नि । त्यसरी नै हामीले आफ्नो जीवनलाई भगवानले दिनु भएको उपहारस्वरुप सुरक्षित र सम्मानका साथ जिउनुपर्ने हुन्छ ।

हरेक पल, हरेक दिन जो जिवित छौ, उसले आफुले नयाँ जीवन अर्थात भगवानले प्रदान गरेको उपहार सम्झनुपर्छ । किनभने धेरै मानिसले भोली देख्न पाउँदैन । चाहे अहिले कोरोना संक्रमणले होस् वा अरु कुनै स्वास्थ्य समस्या, कुनै दुघर्टनाले, कारण, माध्यम जे पनि बन्न सक्छ । हरेक कामको प्रक्रिया एवम् नियम हुन्छ । हामी स्कूल अध्ययन गर्दा गणित विषय पढेकानै हुन्छौ । जसरी गणितमा कुनै पनि समस्या समाधान गर्नका लागि फर्मुला आवश्यक पर्छ । यदि फर्मुलाको प्रयोग गरिएन भने त्यो समस्या समाधान हुँदैन, त्यसले मानसिक तनाव दिन्छ । यदि फर्मुलाको प्रयोग गरी ध्यान दिएमा त्यो समस्या समाधान त हुन्छ नै मानसिक तनाव घटाएर थप अन्य समस्याहरु समाधान गर्ने उर्जा प्राप्त हुन्छ । यतातर्फ स्कुल पढ्ने क्रममा सबैको सम्झना बन्छ नै होला, त्यही समयको याद गर्दा । यसकारण पनि हामीले परिक्षामा पास हुनका लागि राम्रो अंक ल्याउनका लागि त्यो फर्मुला कि त कण्ठ पाथ्र्यौ, कि त सम्झनका लागि केही जोगो गथ्र्यौ । जसले फर्मुला जान्यो, राम्ररी प्रयोग गर्योउसको परिक्षामा नतिजा पनि राम्रो आउँछ, आउथ्यो नै । त्यस्तै अरु विषयको पनि आफ्नो फर्मुला हुन्छ ।

यसरी नै हाम्रो दैनिक जिवनमा गरिने कामको प्रक्रिया, नियम अर्थात फर्मुला हुन्छ । कसैलाई त्यसको बारेमा थाहा हुन्छ, उसले अपनाउँछ पनि, कसैले यसको बारेमा थाहा पाएपनि हिँड्दै छ पाइला मेट्दै छ भन्ने कुरालाई अपनाउँछ, कसैलाई यसको बारेमा केही पनि थाहा हुँदैन । प्रकृतिको नियम भनेको मानिसको लागि आफ्नो तथा अरुको सम्मान, अरुसंग गरिने व्यवहारमा सकारात्मक सोँच, आफ्नो काम, कर्तव्य, जिम्मेवारी शतप्रतिशत दिने, विगतबाट सिक्ने, वर्तमानमा जिउने, भविष्यमा अरुको लागि उदाहरणिय बन्ने यी शब्दहरुको वयान ‘गिता’ मा उद्धत गरिएको छ । दयाँ, सहयोगी भावना, मानसिक स्वास्थ्यको लागि अध्ययन, अध्यापन, शारिरीक स्वास्थ्यका लागि योगा, व्यायाम गर्नु वास्तवमै अहिलेको आवश्यकता हो । जिउने नियम र कला पनि हो ।

नियमअनुसार जो चल्यो उसको अस्तित्व पनि रहन्छ, उसलाई जिवन जिउन सहज हुन्छ । जो नियम विपरित जान्छ, जिवन जिउन असहज हुन्छ भने उसको अस्तित्व मेटिन्छ । हामीले अरुलाई जे दिन्छौ, त्यसको दोब्बर त्यही नै पाउँछौ । सहयोग ग¥यौ भने सहयोग पाउँछौ, मिठो मुस्कान र बोली दियौ भने त्यही नै पाउँछौ । रिस दियौ भने रिस नै पाउँछौ । एकाध व्यक्ति बाहेकमा । त्यही अनुसारको हाम्रो एउटा सर्कल बन्छ ।

मानसिक र शारिरीक रुपमा आफूलाई स्वस्थ, सकारात्मक, उर्जावान राख्न सकेको खण्डमा मात्रै सार्थक कार्य र कर्तव्य पूरा गर्न सकिन्छ । हरेक व्यक्ति आफ्नो शरीर, मन, सोँचको मालिक उ स्वयम आफै हुन्छ । हामीले आफ्नो जीवनको निर्देशक आफै बन्नुपर्छ ।

जव हामी जीवनका विभिन्न खुडकिलाहरु पार गर्दै यहाँसम्म आएका हुन्छौँ कति त्यस्ता साना कुराहरु त हामिले ख्याल नै गरिरहेका हुँदैनौँ । तर, मान्छेको जीवनमा हरेक साना-साना कुराहरुले पनि प्रभाव पारिरहेका हुन्छन् । जुन हामीलाई अपत्यार पनि लाग्न सक्छ ।

हामीले आफ्नो जीवनलाई त व्यस्त बनाईरहेका हुन्छौँ तर, कुन तरिकाले जीवन व्यतित् गर्दैछौँ त । के हामिले चालेको पाईलाहरुले हाम्रो भोलीका दिन निर्धारण गर्ला ? जीवनलाई कस्तो बनाउने ? जीवनको जीवन चित्र निर्धारण हामी स्वंयमले गर्ने हो । यसकारण हामीले आफ्नो दैनीकीको तालिका तय गरेर बढ्दै गर्दा हामी जति मनमा सकारात्मक सोँच राख्छौँ तर, व्यवहारमा लागु कतिको गरिरहेको हुन्छौ यो महत्वपुर्ण कुरा हो । तपाईको सोँच, सोँचमै मात्र सिमित भई व्यवहारमा लागु भएन भने त्यसको कुनै अर्थ हुन्न ।

कतिपयले आफ्नो सकारात्मक पक्ष आफु भित्रै सिमित गरेका हुन्छन् । तर, व्यवहारमा भने प्रयोग गर्दैनन् । जसबाट त्यो सोँचको अस्तित्व कल्पनामा मात्रै सिमित हुन्छ । आफूले सोँचेका कुराहरुलाई व्यवहारिक रुपमा ढाल्न सकेको खण्डमा मात्र त्यस सोँचले सार्थकता पाउँछ । नत्र त्यो कल्पना मात्र बन्छ, जुन आफ्नो हुँदा, आफू जिउदो हुँदा मात्र आफैसंग हुन्छ र मरेपछि कसैलाई पनि थाहाँ हुँदैन ।
हाम्रो जिवन कृषिसंग प्रत्यक्ष जोडिएको हुन्छ । किन भने हामी जुन बिरुवा रोप्छौ, त्यसकै फल प्राप्त गर्छौ । त्यसलाई हामी हाम्रो सोँचसंग तुलना गर्न सक्छौ । सोँच सकारात्मक छ भने हरेक कुरालाई सकारात्मकताका साथ लिन र व्यवहार गर्नसक्छौ । सोँच नै नकारात्मक छ भने उसले सकारात्मक माहोलमा पनि नकारात्मक देख्छ । नेपाली उखान नै छ वनको बाघले खाओस कि नखाओस, मनको बाघले खान्छ । हामीले लिने मानसिक तनाव वास्तविकता भन्दा पनि बढि कल्पनामा आधारित हुन्छ । यसकारण पनि हामीले हाम्रो जिवनमा सकारात्मक सोँचको बीउ रोप्नु जरुरी छ । जस्तो सोच्यो, त्यस्तै बन्यो यसलाई व्यवहारिकतालाई निरन्तरता दियो भने अनावश्यक चिन्ता, डिप्रेशनजस्ता मानसिक तनाव सिर्जना हुँदैन ।

कृषि कर्ममा जे उत्पादन गर्ने हो त्यसको बीउ छनौट गर्छौ । आवश्यक एवम् उपयुक्त माटोमा बिउलाई रोप्छौँ त्यसको हेरचाह गर्छौ, आवश्यक मल, पानी, पौष्टिक तत्वहरु दिन्छौ, केही समस्याहरु देखा परेमा त्यसको उपचार तर्फ ध्यान दिन्छौ, अन्त्यमा फल, उत्पादन लिन्छौ । हो किसानले आफ्नो कृषि कर्मबाट धेरै कुरा सिक्ने अवसर प्राप्त गरेका हुन्छन् । जसबाट अर्कोपटक बाली लगाउँदा पुराना गल्तीहरु, अपनाउनुपर्ने साबधानीहरु अपनाई फेरि फल पाउने आशाका साथ काममा झनै ध्यान दिई मेहेनत गर्छ ।

विउँ भनेको हाम्रो सोँच हो । त्यस विउँलाइ कसरी हुर्काउने बढाउने भन्ने हामी स्वयममै भर पर्छ । यो विउँले भोली कस्तो फल दिने हो । त्यो तपाई हाम्रो दृढ संकल्प मेहनतले निर्धारण गर्ने कुरा हो । यसकारण विउ जसरी हुर्काउँदा हेल्चेक्र्याँइ गरियो भने, विग्रन्छ जीवनमा पनि सृफ त्यहि हो ।
जीवनमा सार्थक एवम् उपलब्धीमूलक बनाउने भनेकै हाम्रो दृढ संकल्प निरन्तर मेहनत धैर्यता, सकारात्मक व्यवहार हो । हामी कुनै समारोह, कार्यक्रममा जाँदा एटेन्सन प्लीज भन्ने शब्द सुन्छौ नि, कृपया ध्यान दिनुस, जे उद्धेश्यले निम्त्याएको त्यसको बारेमा बुझ्नुस । हो यही कुरा व्यक्ति स्वयम्मा पनि लागु हुन्छ । हामी सबैको ध्यान राख्छौ, तर स्वयम्को ध्यान राख्दैनौ । अरुलाई यो गर राम्रो हुन्छ भन्छौ, सम्झाउँछौ, अझ उसलाई सहज वातावरण बनाउनको लागि सघाउँछौ । जबको आफू स्वयमको लागि पर्छ, हामी केही गर्दैनौ । न त ध्यान दिन्छौ, न त आफूले आफूलाई सम्झाउछौ न त उपयुक्त वातावरण आफैले प्रदान गर्छौ । सबै व्यक्तिसंग राम्रो र नराम्रो पक्ष हुन्छ । हरेक व्यक्तिको आआफ्नै क्षमता अनि सोँच हुन्छ ।

त्यसैले अरुको गल्तिसँगै हामिले आफ्नो गल्ति पनि सच्याउनु ध्यान दिन जरुरी हुन्छ । यसकारण हाम्रो जीवन एउटा अुमल्य उपहार हो । हामीले अरुलाई सकारात्मक व्यवहार गर्यौँ भनेन उसले नि भोली अरुलाई त्यस्तै गर्नेछन् । यसकारण हामिले आफ्नो जीवन र व्यक्तित्वभित्र आफु स्वयमलाई नियाल्नु जरुरी छ । हामीले आफ्नो सोँच र मनोबललाई कहिल्यै कमजोर नबनाईकन मनोवृत्तिलाई स्वस्थ्य बनाउनु पनि आवश्यक छ । अनेक परिस्थितीबीच पनि आफुलाई सम्हाल्दै अरुसँग सकारात्मक सम्बन्ध कायम राख्नुपर्छ ।

मानिसको जीवनको सबैभन्दा महत्वपुर्ण कुरा भनेकै आफ्नो स्वास्थ्य हो । त्यसैले स्वस्थ्य हुन जरुरी छ । स्वास्थ्य नै ठूलो धन हो भन्ने उखान बुढापाकाले यत्तिकै भनेका होइनन् । अहिले परिवारमा एकजनालाई मात्रै कोरोना संक्रमण भईदियो भने सबैलाई असर गर्न सक्छ । संक्रमण नै नभए पनि उसको शारिरिक अवस्थाले परिवारका अन्य सदस्यमा नराम्रो असर पर्न सक्छ । परिवारका एक जना व्यक्ति मात्रै रोगी हँदा सम्पुर्ण सदस्यको दैनिकीमा प्रभावित पार्न सक्छ । यसकारण निरोगी हुन हामी सँधै आफुलाई ख्याल गरौँ, माया गरौँ । जिवनयापनमा ध्यान दिने, नियमित योगा, व्यायाम गर्ने, खानपानमा ध्यान दिने, सोँचमा सकारात्मकता ल्याउने प्रयासलाई निरन्तरता दिने, मिठो मुस्कान तथा बोली व्यवहार अरुलाई गर्ने हो । जव हामी आफु आफैलाई नै माया गर्छौ नि अनि मात्रै अरुको जीवनलाई पनि खुशि र सुखमय दिन सक्छौ ।

सन्जिना, हाल एबिसी न्युजका समाचार वाचिका हुन् ।
  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124, 01-4011125

  • [email protected] [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2020 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board