नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुग्यो, ७३ हजार २३ जना संक्रमणमुक्त

कामठाडौं, २३ असोज । नेपालमा बितेको २४ घण्टामा १ हजार ६८० जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ७३ हजार २३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज २ हजार ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थय मन्त्रालयका अनुसार आज संक्रमित भएकामध्ये काठमाडौं उपत्यकामा मात्रै १४०९जना रहेका छन् । काठमाडौँमा १ हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना सक्रमित थपिएका हुन् ।

यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ । आज संस्थागत आइसोलेशनमा ११ हजार १७६ जना र होम आइसोलेशनमा १५ हजार ८७७ जना रहेका छन् ।

मृत्यु हुनेको संख्या ६०० पुग्यो
नेपालमा कोरोना भाइरस कोभिड१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ६०० पुगेको सरकारी तथ्यांकमा उल्लेख छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति