कोशी अस्पतालमा २० बर्षीय युवको मृत्यु

विराटनगर, २३ असोज । कोशी अस्पतालमा कोरोना भाईरस संक्रमणबाट २० बर्षीय युवको मृत्यु भएको छ । जिल्ला कारागार शाखा विराटनगरमा थुनामा रहेका ती युवकको कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमणका कारण हिजो अस्पताल भर्ना भर्ना भएका ती पुरुषको आज मृत्यु भएको कोशी अस्पताल विराटनगरले जनाएको छ । मृतक युवक लागू औषध मुद्दामा पुर्पक्षका लागि गएको माघदेखि थुनामा थिए । ती युवकमा यसअघि कुनै दीर्घरोग नभएको चिकित्सकहरुले बताएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति