डा. केसी पक्ष र सरकारी टोलीबीच आज पुनः वार्ता हुँदै

काठमाडौं, २३ असोज । डा गोविन्द केसी पक्ष र सरकारी टोलीबीच आज पुन वार्ता हुने भएको छ । सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएको वार्तामा डा केसीले उठाउनुभएको मागका विषयमा हिजो छलफल भएको थियो । छलफलले डा केसीका ६ बुँदे मागलाई बु“दागत रुपमा सम्बोधन गर्ने गरी पहिलो मस्यौदा तयार पारेको बताइएको छ ।

तर अन्तिम निष्कर्षमा भने पुग्न सकेको छैन । वार्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपिनाथ मैनालीको संयोजकत्वमा र डा केसीको पक्षबाट डा जीवन क्षेत्रीको नेतृत्वको टोलीले वार्ता गरेको हो ।

हिजै सहमतिमा पुग्ने प्रयास गरिएपनि दुवै पक्षले थप छलफल आवश्यक परेको भन्दै आज पुन बस्ने गरी वार्ता सकिएको बताइएको छ । डा केसी अनसन बसेको २५ औं दिनमा सरकारले वार्ता सुरु गरेको हो । बुधबार दुवै पक्षले वार्ता टोली गठन गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति