पक्राउ परे ‘राधे’

काठमाडौं, २३ असोज । राधे उपनामले चिनिने ‘गुण्डा नाइके’ राधाकृष्ण भण्डारी पक्राउ परेका छन् । बिहीबार धादिङबेशीबाट पक्राउ परेका राधेविरूद्ध प्रहरीले आज मुद्दा दर्ता गर्दैछ ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी महेन्द्र खड्काका अनुसार सार्वजनिक शान्ति भंग गरेको आरोपमा उनीमाथि मुद्दा चलाईदैछ । सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिमाथि धम्की दिएको आरोप राधेमाथि छ।

राधेको समूहले धादिङमा अवैध रूपमा बालुवा निकाल्ने गरेको थियो। जनप्रतिनिधिले बालुवा निकाल्न रोकेपछि उनले धम्की दिएको आरोप छ। जनप्रतिनिधिमाथि धम्की दिएको भन्दै राधेविरूद्ध जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी परेको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति