नयाँ परराष्ट्र सचिवमा भरत पौडेल, गरे पदभार ग्रहण

काठमाडौं, २३ असोज । परराष्ट्र मन्त्रालयका सचिव भरत पौडेल भएका छन् । मन्त्रालयका बरिष्ठ सहसचिव रहेका पौडेललाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सचिव बनाउने निर्णय गरेको हो ।

पदभार ग्रहण गर्दै सचिव पौडेल। तस्बिर: परराष्ट्र मन्त्रालय।

वनियुक्त सचिव पौडेलले शुक्रबार बिहान पदभार सम्हालेका छन्। पाकिस्तानका लागि पूर्वराजदूतसमेत रहेका पौडेल निमित्त सचिव हुनुअघि सम्म परराष्ट्र प्रवक्ता थिए।

यसअघि सरकारले परराष्ट्र सचिव शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको थियो। बैरागी मुख्यसचिव बनेपछि पौडेलले परराष्ट्रका निमित्त सचिवको भूमिका निभाएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति