रौतहट,२२ असोज । १७ वर्षीया किशोरी रोबिना मन्सुरीको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दुर्गाभगवती गाउँपालिका ४ छतौनाटोल बस्ने १७ मन्सुरीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३३ वर्षीय फुल महम्मदलाई बुधवार राति प्रहरीले पक्राउ गरेको हो ।
१९ वर्षीय युवकसँग रोबिनाको प्रेम सम्बन्धको विषयलाई लिएर महम्मदसमेत ४ जनाले रोबिनाको हत्या गरी सोही ठाउँ बस्ने जनरल कवाडीको घरमा शव फालेका थिए
। शव फालेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले महम्मदलाई बुधबार राति पक्राउ गरेको हो ।
साथै उक्त घटनामा संलग्न रही फरार रहेका सोही ठाउँ बस्ने ४३ वर्षीय लाल महम्मद, ५० वर्षीय नसरुदिन मन्सुरी र उनकै श्रीमती ४३ वर्षीया सहनाज मन्सुरी हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
COMMENTS