कैलालीमा आफ्नै बुवाले ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोप

कैलाली, २२ असोज । कैलालीमा ११ वर्षीया बालिकालाई आफ्नै बुवाले बलात्कार गरेको आरोप लागेको छ । जिल्लाको गोदावरीमा ११ वर्षीया बालिकालाई उनकै बाबुले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टका अनुसार शनिबार राति ४५ वर्षीय बाबुले ११ वर्षीया छोरीलाई बलात्कार गरेको भन्दै जाहेरी आएको बताए ।

पीडित पक्षले १९ गते जाहेरी दिएको र त्यसै दिन मुद्दा दर्ता गरिएको उनले बताए । शनिबार राति बलात्कार गरेको आरोप लागेका बुवा आइतबार फरार रहेकोले अहिले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति