कोभिड-१९ अस्पताल धरानमा एक जनाको मृत्यु

सुनसरी, २२ असोज । धरानमा कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण धरान उपमहानगरपालिका–१० बस्ने ३९ वर्षीय एक पुरुषको बिहीबार बिहान मृत्यु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए । बीपी प्रतिष्ठानमा उपचाररत अवस्थामा मृत्यु भएका कोरोना संक्रमितको संख्या यो सहित ४२ जना पुगेको छ । त्यस्तै, धरानका मात्रै ११ जनाको मृत्यु भएको हो ।

स्वाब संकलन गरेर प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर जाँच गर्दा असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरो, खोकीसँगै श्वासप्रश्वासमा समस्या आएपछि ती पुरुषलाई असोज १३ गते कोभिड अस्पताल भर्ना गरिएको थियो । ती पुरुषलाई विगतमा क्षयरोग थियो भने कलेजो र मृगौलाको पनि समस्या भएको प्रतिष्ठानले जनाएको छ ।

यसैबीच कोरोना संक्रमण बढ्न थालेपछि आजैदेखि एक सातासम्म धरान उपमहागनरपालिकाको कार्यालय र वडा कार्यालयहरु बन्द भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति