काठमाडौं, २१ असोज । डा. गोविन्द केसीले अनसन थालेको आज २४ पुगेको छ । तर, सरकारपक्षले कुनै वार्ता गर्ने वातावरण भने गरेको छैन । उनको स्वास्थय अवस्था अन्यन्तै जटिल बन्दै गएको बताइएको छ ।
डा. केसीको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले पनि आन्दोलनको घोषणा गरेको छ । संघले बुधबार एकले एक विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो ।
संघले बिहीबार बिहान ९ देखि ११ बजे सम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गर्ने निर्णय गरेको छ । संघका महासचिव डा बद्री रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरे अनुसार संघका शाखा कार्यालयहरु, देशभरका स्वास्थ्य संस्था वा अस्पतालहरुको प्रांगढमा जनस्वास्थ्यको मापदण्ड अपनाई सामाजिक दुरी कायम गर्दै धर्ना दिने कार्यक्रम पनि तय गरेको बताएको छ ।
संघद्वारा घोषणा गरिएका विरोधका कार्यक्रमहरुबाट उत्पन्न हुन सक्ने गम्भिर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुन पनि संघले स्पष्ट पारेको छ ।
प्रतिक्रिया