तालिबानका छुट्टाछुट्टै आक्रमण,छ प्रहरी र चार सैनिकको मृत्यु

अफगानिस्तान, २१ असोज । अफगास्तिानको सार ए साफा जिल्लाको एक प्रहरी चौकीमा यहाँका तालिबानी लडाकूहरुले गरेका कारबाहीमा परी कम्तीमा पनि छ जना प्रहरी र चार अफगान सेनाको ज्यान गएको छ ।

अफगानिस्तानका विभिन्न स्थानमा गरेका आक्रमणमा परी ती सुरक्षाकर्मीहरु मारिएका यहाँको टोलो न्युजले जानकारी दिएको छ । मंगलबार राति अफगानिस्तानको जाबुल प्रान्तको सार ए साफा जिल्लाको एक प्रहरी चौकीमा तालिबानहरुले हमला गरेका थिए ।

त्यसैगरी अफगानिस्तानको हेल्माण्ड प्रान्तको ओमार जवाक जिल्लामा भएको कार बम हमलामा परी कम्तीमा पनि चार जना सैनिकको ज्यान गएको छ ।उक्त जिल्लामा सैनिक समूहलाई लक्ष्य गरेर कारबम हमला गरिएको थियो । त्यसमा परी चार जना अफगान सेनाका सदस्यको घटनास्थलमै ज्यान गएको थियो भने अरु छ जना घाइते भएका छन् ।

पछिल्लो समयमा तालिबानीहरुले हेल्माण्ड प्रान्तमा कैयौँ हिंस्रक हमलाहरु गरिरहेका छन् । उता कतारको राजधानी दोहामा अफगान सरकार र तालिबानीहरुबीच शान्ति वार्ता हुने बताइरहेका बेला यता उनीहरुले हमला रोकेका छैनन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति