उपत्यकामा थप १ हजार ६८४ जना संक्रमित

काठमाडौं, २१ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६८४ कोरोना संक्रमित थपिएका छन।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २९६ , ललितपुरमा २९३ र भक्तपुरमा ९५ जनालाई कोरोना संक्रमण देखिएको छ।उपत्यकामा कोराना संक्रमितको संख्या ३३ हजार ७७१ पुगेको छ।

काठमाडौंमा २७ हजार २९३, ललितपुरमा ३ हजार ६९० र भक्तपुरमा २ हजार ७८८ संक्रमित पुगेका छन्।पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४३९ जना संक्रमित भएका छन्। संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा १ हजार १२६ छ। योसँगै हालसम्म ६८ हजार ६६८ पुगेको छ। आज देशभर २५ हजार ७ जना सक्रिय संक्रमित छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति