आइपीएल :राजस्थान ५७ रनले पराजित, शीर्ष स्थानमा मुम्बई

काठमाडौं, २१ असोज । मुम्बई इन्डियन्स आइपीएलको शीर्ष स्थानमा उक्लिएको छ । यूएईमा जारी प्रतियोगिता अन्तर्गत मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको हो । जितका लागि १ सय ९४ रनको बलियो लक्ष्य पछ्याएको राजस्थान १८।१ ओभरमा १ सय ३६ रनमा अल आउट भयो ।

राजस्थानका लागि ओपनर जस बटलरले सर्वाधिक ७० रनको योगदान दिए पनि टोलीलाई जिताउन सकेनन् ।पहिलो ओभरको दोस्रो बलमै ओपनर यशस्वी जैसवाललाई ट्रेन्ट बोल्टले विकेटकिपर क्विन्टन डी ककबाट शून्यमा पेभिलिएन फर्काए । जस्प्रित बुमराहको दोस्रो ओभरको चौथो बलमा कप्तान स्टिभ स्मिथलाई ६ रनमा आउट गरे ।

बोल्टको तेस्रो ओभरको पाँचौ बलमा सन्जु स्यामसन रोहत शर्माबाट शून्यमा क्याच आउट भए ।पाँचौ विकेटका लागि दुई इंग्लिस ब्याट्सम्यान बटलर र टम करनले ५६ रनको साझेदारी गर्दै झिनो आशा जगाए पनि जित सम्भव भएन ।१५औं ओभरको चौथो बलमा करनलाई आउट गराए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको थियो ।मुम्बईलाई बलियो योगफलमा पुर्‍याउन सूर्यकुमार यादवले उत्कृष्ट ब्याटिङ गरेका थिए । सूर्यकुमार ४७ बलमा ११ चौका र २ छक्का सहित ७९ रनमा अविजित रहे । हार्दिक पान्ड्या १९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३० रनमा अविजित रहे ।

मुम्बईलाई ओपनर रोहित शर्मा र क्विन्टन डी ककले ४।५ ओभरमा ४९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थियो ।जितसँगै मुम्बई ६ खेलमा ४ मा जित र २ मा हारसहित शीर्ष स्थानमा उक्लिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board