डा. केसीलाई भेटेर सरकारी टोलीले भन्यो- अनसन फिर्ता गर्नुहोस्

काठमाडौं, २० असोज । डा.गोविन्द केसीलाई शिक्षा सचिव गोपीनाथ मैनालीले भेट गरेका छन्। २३ दिनदेखि अनसनरत डा. केसीलाई मंगलबार शिक्षासचिव मैनालीको नेतृत्वमा पुगेको ३ जनाको टोलीले त्रिवि शिक्षणअस्तपाल पुगेर भेटेको हो ।

केसीले उठाएका मागका सम्बन्धमा छलफल गर्न सरकारीस्तरमा कुनै वार्ता टोली गठन नगरिएको भेटका क्रममा सचिव मैनालीले जानकारी गराए । उनले डा. केसीलाई अनसन फिर्ता लिन समेत आग्रह गरेका थिए ।

डा.केसीले भने सरकारले आधिकारिक रुपमा वार्ता टोली बनाएर पठाउनुपर्ने अडानलाई दोहोर्याएका थिए । डा.केसीले पछिल्लो अनसन सुरु गरेपछि भेट गर्ने मैनाली पहिलो सरकारी अधिकारी हुन् ।

तीन हप्तादेखि अनसनमा रहेका डा. केसीको स्वास्थ्यअवस्था निकै गम्भिर बन्दै गएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति