विवाह गर्दै भारतीय अभिनेत्री काजल अग्रवाल

काठमाडौं, २० असोज । भारतीय अभिनेत्री काजल अग्रवाल विवाह बन्धनमा बाधिने भएकी छिन् । उनी चाँडै विवाह गर्ने तय भएको स्वयम उनले सामाजिक सञ्जाल मार्फत् बताएकी छिन्।

काजलका लागि परिवारले केही समयदेखि उपयुक्त बर खोजिरहेका थियो। उनको व्यवसायी गौतम किचलूसँग विवाह हुने भएको छ । काजलले आगामी ३० अक्टुबबरमा विवाह गर्ने तयारी भइरहेको जानकारी दिएकी छिन्। विवाह मुम्बइमा हुनेछ। कोरोनाका कारण विवाह समारोहमा उनका परिवार मात्रै सहभागी हुनेछन्।

विगत १६ वर्षदेखि फिल्म क्षेत्रमा रहेकी काजलले ‘क्यु हो गया ना’बाट अभिनय यात्रा थालेकी थिइन्। त्यसपछि दक्षिण भारतीय फिल्मतर्फ लागेकी हुन्।

View this post on Instagram

♾??

A post shared by Kajal Aggarwal (@kajalaggarwalofficial) on

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति