प्रदेश ५ को निर्णयः बुटवल-भैरहवा करिडोरलाई वित्तीय राजधानी बनाउने

बुटवल, २० असोज । रूपन्देहीको बुटवल–भैरहवा करिडोरलाई प्रदेश ५ सरकारले वित्तीय राजधानी बनाउने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो ।

बैठकले रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने निर्णय पनि गरेको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए । बुद्धजन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित क्षेत्र उजागर गर्ने भन्दै यी तीन जिल्ला सांस्कृतिक र पर्यटकीय राजधानीका रुपमा समेटिन लागेका हुन् ।

यस्तै कपिलवस्तुको शिवराज नगरपालिकामा सरुवा रोग नियन्त्रणसम्बन्धी अस्पताल बनाउने मन्त्रिपरिषद्को निर्णय छ । रूपन्देहीमा रहेको प्रदेशको अस्थायी राजधानी स्थायी रूपमा दाङको देउखुरी लैजाने प्रस्तावले चिढिएका सत्तापक्षका प्रदेशसभा सदस्यलाई सान्त्वना दिन मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो ।

यसअघि सोमबार बसेको नेकपा संसदीय दलको बैठकमा भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले उक्त प्रस्ताव पेस गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति