अमेरिकी राष्ट्रपति ट्रम्प अस्पतालबाट डिस्चार्ज हुँदै भने कोभिडबाट डराउनु पर्दैन

काठमाडौं, २० असोज । कोरोना संक्रमणपछि अस्पताल बसेको ३ दिन बसेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना भाइरसबाट संक्रमित भइ स्वास्थ्यमा समस्या देखिएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका उनी पूर्णरूपमा ठीक नहुँदै डिस्चार्ज भएका हुन् ।

सोमबार बेलुका मास्क लगाएर ट्रम्प वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरबाट बाहिरिएका हुन् ।

बाहिरिने क्रममा ट्रम्पले पत्रकारले सोधेका प्रश्नको जवाफ भने दिएनन् । उनले सबैलाई धन्यबाद मात्रै भनेका थिए । ट्रम्पको बाँकी उपचार ह्वाइट हाउसबाटै हुने चिकित्सकहरूले जनाएका छन् ।

अस्पतालबाट बिदा भएका ट्रम्पले चाँडै चुनावी अभियानमा सामेल हुने बताएका छन् ।उनले कोरोना भाइरसबाट नडराउन र यसबाट आफ्नो जीवनलाई प्रभावित वा दब्न नदिन पनि आफ्ना समर्थकलाई अनुरोध गरेका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘मैले आफूलाई अति राम्रो महसुस गरेको छु । कोभिडबाट डराउनु पर्दैन । यसलाई तपाईँहरुको जीवन दबाउन नदिनुहोस् ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति