डा. केसीको स्वास्थ्य कमजोर, उपचार लिन अस्वीकार

काठमाडौ, १९ असोज । चिकित्सा शिक्षा सुधारका माग राख्दै २२ दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था निकै कमजोर बनेको छ । त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा केसीको रगतमा अक्सिजनको मात्रा निकै कम देखिएपछि उनलाई अक्सिजन दिन थालिएको उपचारमा संलग्न डा. सुवास प्रसाद आचार्यले जानकारी दिए ।

त्यस्तै, अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सकले आज दिउँसो र्‍याली गर्नेका भएका छन् । आवासीय चिकित्सलगायते कोभिड र इमर्जेन्सीबाहेकका सेवा छाडेर दिउँसो १ बजेबाट ३ बजेसम्म अस्पतालदेखि महाराजगन्जसम्म र्‍याली गर्न लागेका हुन् ।

डा. केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएको, श्वासको गति बढेको, चक्कर लाग्ने र अत्यधिक थकान हुनेलगायतका समस्या देखिएको अस्पतालले जारी गरेको डा केसीको मेडिकल बुलेटिनमा छ । चिकित्सकहरूले डा केसीको अवस्था खराब हुँदै गएको बताएपनि उहाले कुनै उपचार लिन मानेका छैनन् । उनले आफ्ना माग पूरा नभएसम्म कुनै पनि उपचार नलिने अडान राख्दै आएका छन् । सरकारले भने उहाका मागप्रति कुनै चासो देखाएको छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board