प्रधानमन्त्री कार्यालयका प्रेस विज्ञ बजगाईँ पनि कोरोना संक्रमित

काठमाडौ १९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका सञ्चार विज्ञ रामशरण बजगाईलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल ट्विटरमार्फत आइतबार आएको रिपोर्टमा आफूलाई कोरोना पुष्टि भएको बजगाईले जानकारी दिए ।

र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । आफ्नो सम्पर्कमा आएकालाई स्वाव परिक्षण गराउन पनि उनले आग्रह गरेका छन् ।

यसअघि १७ असोजमा प्रधानमन्त्रीका परराष्ट्र सल्लहाकार राजन भट्टराई, प्रेस सल्लाहाकार सूर्य थापा, प्रमुख राजनीति सल्लहाकार विष्णु रिमाल र स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना पोजेटिभ देखिएको थियो ।

हालसम्म बालुवाटारमा करिब ८० जनालाई कोरोना पुष्टि भएको बालुवाटार स्रोतले जनाएको छ । त्यसैगरी कांग्रेस नेताहरु अर्जुननरसिंह केसी, गगन थापासहित ४ जना केन्द्रीय सदस्य र पार्टी कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति