सुरू भयो सुरक्षाबीच नेकपा संसदीय दलको बैठक

बुटवल, १९ असोज । प्रदेश ५ को सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठक सुरक्षाबीच बसिरहेको छ । प्रदेश राजधानी र नामबारे निर्णय गर्न बिहान सात बजेका लागि बोलाइएको बैठक ११ बजेपछि सुरू भएको छ ।

बाक्लो मात्रामा प्रहरीलाई बैठकस्थल बाहिर परिचालन गरिएको छ। मन्त्रिपरिषद्ले प्रदेश ५ को राजधानी देउखुरी र नाम राजधानी राख्ने निर्णय गरेको छ । उक्त निर्णयअनुसार सरकारले प्रदेश सभामा प्रस्ताव पनि पेस गरेको छ। उक्त प्रस्तावमाथि छलफल गर्न आजै प्रदेश सभा बैठक बोलाइएको छ। प्रस्ताव पारित गर्ने विषयमा भने नेकपाकै सांसदहरू नै विभाजित छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति