खुल्यो तातोपानी नाका, नेपाल भित्रिए १२ कन्टेनर

सिन्धुपाल्चोक, १९ असोज । ठप्प रहेको उत्तरी नाका तातोपानी पुनः खुलेको छ । डेढ महिनादेखि बन्द रहेको उत्तरी नाका पुनः सञ्चालनमा आएको हो । नेपाली र चिनियाँ अधिकारीबीच असोज १३ गते तातोपानी नाका खोल्ने सहमति भएसँगै सोमबार १२ वटा कन्टेनरमा सामान भित्रिएको खबर छ ।

तिब्बतको स्थानीय प्रशासन नेलाम काउन्टीले खासाभन्दा करिब ३५ किमिमाथिको ‘क्यानोन कु’ ताल फुट्ने जोखिम औंल्याउँदै सूचना जारी गरेपछि सो नाका बन्द थियो । तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीका अनुसार नाका खुलेलगत्तै १२ वटा कन्टेनर लत्ताकपडा, पर्दाजस्ता रेडिमेड सामग्री लिएर भोटेकोसी गाउँपालिका–२ स्थित सुक्खा बन्दरगाह आइपुगेको हो ।

ती सामान लिन ११ वटा कन्टेनर मितेरी पुल पुगेका थिए । भन्सार जाँचपासको प्रक्रिया सकिएपछि सबै सामग्री काठमाडौं पठाईने उनले बताए । नाकाबाट कोरोना संक्रमण भित्रिन नदिन तातोपानी भन्सार कार्यालयले सामान ल्याउन २९ जनाको दुइटा टिम तयार राखेको छ । ती सबैको ५ दिनमा परीक्षण गरिने बताईएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति