सुनको मुल्य आज २०० ले बढेर ९४ हजार ५०० मा कारोबार

काठमाडौँ, १८ असोज । स्थानीय बजारमा आज पहेलो धातु सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज भने रु २०० ले बढेर रु ९४ हजार ५०० मा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनमा पनि प्रतितोला रु २०० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु ९३ हजार ८०० मा कारोबार भएकामा आज रु ९४ हजारमा कारोबार भएको छ । यस्तै चाँदीमा प्रतितोला रु पाँच ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार १७५ रहेको चाँदी आज भने रु एक हजार १८० मा पुगेको छ । पछिल्ला दिनमा सुनको मूल्यमा तिब्र उतारचढाव भइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति