बुटवलमा निषेधाज्ञा अवज्ञा गर्दै व्यवसायीको प्रदर्शन, कांग्रेसले बन्द गर्‍यो रुपन्देही


बुटवल, १८ असोज । प्रशासनले बुटवल क्षेत्रको निषेधाज्ञा जारी गरे पनि व्यावसायिक संघ संस्थाले विरोध प्रदर्शन गरेका छन् भने नेपाली कांग्रेस रुपन्देहीले जिल्ला बन्दको आह्वान गरेको छ । व्यवसायीले संयुक्त संघर्ष समिति बनाएर प्रदर्शन गरेका हुन् । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी राख्न प्रदेश सभामा शुक्रबार प्रस्ताव पेस गरेपछि उद्योगी व्यवसायी र रुपन्देही कांग्रेस आन्दोलित भएको हो । बन्दका कारण जिल्लाका मुख्य सडकमा सार्वजनिक यातायात चलेका छैनन् ।

निजी सवारी र भित्री सडकमा छिटफुट सवारी भने चलेका छन् । आज कांग्रेससहितका व्यावसायिक संघसंस्थाले प्रदर्शन गरेका हुन् । बुटवलमा ¥याली र प्रदर्शन सुरु भएसंगै बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदर्शनकारीले बुटवलका ठाउँ–ठाउँमा टायर बालेर राजधानी सार्ने निर्णयको विरोध गरेका छन् ।

राजधानी सार्ने निर्णयविरुद्ध प्रदर्शन सुरु भएपछि रुपन्देहीको सुरक्षा अवस्था कडा पारिएको छ । सैनामैना, देवदह लगायतका क्षेत्रमा पनि प्रदर्शन भइरहेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवलका केही क्षेत्रमा आज बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको जनाएको छ । निषेधित क्षेत्रमा ¥याली र दबाबमूलक कार्यक्रम आयोजना गर्न रोक लगाएको छ । प्रशासनले प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकेको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए ।

यस्तै, मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्म ५ जनाभन्दा धेरै भेला हुन पाइनेछैन । यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युतचोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला गर्न रोक लगाइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board