डा. केसीको समर्थनमा आवासीय चिकित्सकले आजदेखि आन्दोलन गर्दै

काठमाडौं, १८ असोज । स्वास्थ्य सेवा सुधारको माग गर्दै २१ दिनदेखि अनसनमा बस्दै आएका डाक्टर गोविन्द केसीको समर्थनमा आवासीय चिकित्सकहरुले आजदेखि आन्दोलन थाल्ने भएका छन् । त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आवासीय चिकित्सकले डा.गोविन्द केसीको जीवनरक्षा र माग पूरा गर्न दबाब दिन आजदेखि दैनिक दुई घण्टा इमर्जेन्सी र कोभिड उपचारबाहेक सेवा ठप्प गर्ने भएका हुन ।

उनीहरूले २४ घण्टाभित्र सरकारले वार्ता टोली गठन गरी डा.केसीको जीवन रक्षाका लागि पहल नगरेमा थप कडा कार्यक्रम ल्याउन बाध्य हुने चेतावनी पनि दिएका छन् । डा.केसीको १९ औं अनशनको २१ औं दिन भइसक्दा पनि सरकारका तर्फबाट वार्ताको पहल नहुनु लज्जास्पद र दुःखद भएको बताएका छन् ।

नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन त्रिवि शिक्षण अस्पताल, रेडिजेन्ट एसोसिएसन अफ न्याम्स वीर अस्पताल र जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले शनिबार राति विज्ञप्ति जारी गर्दै विरोध कार्यक्रम सार्वजनिक गरेका हुन ।

रेजिडेन्ट चिकित्सकले आफ्नो विरोध कार्यक्रमबाट पर्न जाने सम्पूर्ण असरको जिम्मेवार नेपाल सरकार हुने बताएका छन् । न र तीनवटै चिकित्सा संस्थामा गरी करिब ८ सय १० जना रेजिडेन्ट चिकित्सक छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति