मलाई राम्रो हुँदैछ, छिट्टै फर्किन्छु : ट्रम्प (भिडियोसहित)

काठमाडौं, १८ असोज । कोरोना भाइरसबाट संक्रमित भएपछि शुक्रबारदेखि उपचाररत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो स्वास्थ्य सुधार हुँदै गएको बताएका छन् ।

वासिङ्टन डिसीस्थित वाल्टर रिड नेसनल मिलिट्री मेडिकल सेन्टरमा उपचाररत ट्रम्पले आइतबार ट्वीवटरमा ४ मिनेटको अर्को भिडियो सन्देश जारी गर्दै आफ्नो स्वास्थ्य सुधार हुँदै गएको बताएका हुन् । ‘मेरो स्वास्थ्य अवस्था खासै राम्रो थिएन त्यसैले अस्पताल आएँ। अहिले म निकै राम्रो महसुस गरिरहेको छु । चिकित्सकहरूले मेरो स्वास्थ्य राम्रो बनाउन असाध्यै मिहिनेत गरिरहनुभएको छ,’ ट्रम्पले भिडियोमार्फत भनेका छन्, ‘म जसरी पनि फर्कनैपर्छ, किनभने हामीले अमेरिकालाई पुनः महान् बनाउनु छ । मलाई लाग्छ, म चाँडै नै फर्कनेछु।’

आफूलाई स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति उनले आभार प्रकट गरेका छन्। ट्रम्पकी प्रेस सेक्रेटरी काइली मक्नानीले विज्ञप्ति जारी गर्दै ट्रम्पले अब केही दिन अस्पतालबाटै आफ्नो जिम्मेवारीका काम गर्ने जानकारी दिएकी छन्। हाल राष्ट्रपति कार्यालयको डेस्क अस्पतालमै स्थापना गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board