अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्थाबारे यस्तो आयो रिपोर्ट

काठमाडौं, १८ असोज ।  कोरोना भाइरसबाट संक्रमित भएर वाल्टर रीड मेडिकल सेन्टरमा उपचार गराइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य अवस्थाका बारेमा ‘विवादास्पद’ तथा अस्पष्ट जानकारी बाहिर आएका छन्। उनको उपचारमा संलग्न चिकित्सकले ट्रम्पको स्वास्थ्य ‘राम्रो’ रहेको बताएका छन् । तर डाक्टरले उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिने क्रममा कोरोना भाइरसको संक्रमणपछिको उपचार यसअघि जानकारी दिइएको भन्दा एक दिन पहिले नै सुरु भएको बताए। त्यसलाई लिएर विभिन्न प्रश्न उब्जिएका छन् । भनिएको भन्दा एक दिन पहिले (स्थानीय समय अनुसार बुधबार) नै संक्रमण भएको थाहा भएपछि पनि ट्रम्प फण्डरेजर कार्यक्रममा सहभागी भएको पुष्टि हुने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

तर डाक्टर सन कोन्लीले आफूले स्वास्थ्य अवस्थाबारे जानकारी दिने क्रममा उपचारको समय क्रमबारे भूलबस भनिएको भन्दा एक दिन पहिले नै हुने खालको कुरा बोलेको बताएका छन् । डा। सनले राष्ट्रपति ट्रम्पलाई अक्सिजन नदिइएको र २४ घण्टासम्म उनलाई ज्वरो नआएको बताएका थिए । तर त्यसको केही समयपछि नै ह्वाइट हाउसका चिफ अफ स्टाफले राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्थालाई लिएर चासो व्यक्त गरे । उनका अनुसार ट्रम्प अझै पनि स्वास्थ्य अवस्था सुधार हुने मार्गमा नरहेको बताएका छन् । ट्रम्पले भने भिडियो सन्देश जारी गरेर आफूले राम्रो महसुस गर्न थालेको बताएका छन् ।

उनले स्वास्थ्यकर्मीलाई धन्यबाद दिएका छन् । ट्रम्पले ट्वीट गरेर शुक्रबार बिहानै आफू र प्रथम महिला मिलानिया ट्रम्पमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका थिए ।

अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपति चुनाव हुँदैछ । सो चुनावमा ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग प्रतिस्पर्धा गर्दै छन् ।

ट्रम्प अझै केही दिन वाल्टर रीड मेडिकल सेन्टरमै रहने छन् । डा. शनले आफूहरु सावधानीपूर्वक आशावादी रहेको बताएका छन् । तर उनले डिस्चार्जको समय सीमा भने दिएका छैनन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board