काठमाडौं उपत्यकामा ११७७ सहित देशभर २१२० जना कोरोना संक्रमित थपिए

काठमाडौं, १७ असोज । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उक्त जानकारी दिए ।

काठमाडौं उपत्यकामा मात्रै ११७७ जनालाई कोरोना पुष्टि भयो । जसमा काठमाडौंमा १००९,भक्तपुरमा ६७ र ललितपुरमा १०९ जनालाई कोरोना पोजेटिभ देखिएको छ । आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । जसमध्ये डिस्चार्ज हुनेको संख्या ६२ हजार ७४० रहेको छ । २४ घण्टामा २ हजार ४४ जना डिस्चार्ज भए । पछिल्लो २४ घण्टामा १२ हजार ९७८ जनाको पीसीआर परीक्षण भयो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति