एउटा यस्तो घर जसले पायो चौतर्फी चर्चा

काठमाडौं १७ असोज । एउटा सानो भर्याङमाथि बनेको घरले जापानको सोसल मिडियामा अत्यधिक चर्चा पाइरहेको छ । ‘च्याउ घर’ नाम दिइएको उक्त घर हेरेर नपत्याउने धेरै छन् ।

जापानी ट्वीटर प्रयोगकर्ता यूको मोहरीले सबैभन्दा पहिले यो तस्बिर पोस्ट गरेका हुन् । उनको यो पोस्टलाई २० हजार पटक सेयर गरिसकिएको छ । उक्त तस्बिरमा देखिए अनुसार एउटा साँघुरो भर्याङमाथि एक तल्ले घर बनेको जस्तो देखिन्छ । यस्तो घरले संसारभरीका धेरैलाई चकित पारेका हुनसक्छ, अझ त्यसमाथि पनि भूकम्प आइरहने जापानजस्तो देशमा यस्तो घर बन्नु चकित नै पारिदिन्छ । उक्त ‘च्याउ घर’ जापानको आजुमिगावा टाउनमा अवस्थित छ । यो घर किन यस्तो बनाइयो, यसको कारण भने पत्ता लाग्न सकेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति