आज बस्ने भनिएको नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं, १७ असोज । आज बस्ने भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक स्थगित भएको छ।बैठक आज ४ बजेका लागि तोकिएको थियो। पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य नारायण काजी श्रेष्ठले बैठक भोलि ४ बजे सम्मका लगि स्थागित भएको जानकारी दिए। भोलि बस्ने बैठकमा पार्टी एकिकरणमा बाँकी काम, सरकार पुनःगठन तथा पछिल्लो दिनमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली पार्टीसँगको सल्लाहबिना गरेका सरकारी नियूक्तिहरूका बारेमा छलफल गर्ने बताइएको छ।पार्टीका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच हिजो शुक्रबार छलफल भएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति