प्रधानमन्त्री ओलीले गरे अमेरिकी राष्ट्रपतिलाई स्वास्थ्यलाभको कामना

काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सक्रमण भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्वास्थ्यलाभको कामना गरेका छन्। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलेनिया ट्रम्पलाई शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन । शुक्रबार ट्रम्प दम्पती लाई कोरोना संक्रमण पुष्टि भएको थियो । राष्ट्रपति ट्रम्प वाल्टर नेसनल मिलिटरी मेडिकल सेन्टरमा उपचार गरिरहेका छन ।ज्वरो आएपछि कोरोना परीक्षण गर्दा शुक्रबार राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलेनियालाई कोरोना संक्रमणको परिक्षण गरिएको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति