किमले गरे ट्रम्पको स्वास्थ्य लाभको कामना

काठमाडौं, १७ असोज ।  उत्तर कोरियाली शासक किम जोंग उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य लाभको कामना गरेका छन् । किमले राष्ट्रपति ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्पलाई एक सन्देश पठाउदै शीघ्र स्वास्थ्य लाभको कामना गरेको उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसिएनएले जनाएको छ ।शुक्रबार कोरोना संक्रमण पुष्टि भएका ट्रम्पलाई २४ घण्टा नबित्दै अस्पताल भर्ना गरिएको छ । हाल वाल्टर रिड नेसनल मेडिकल सेन्टरमा उपचाररत ट्रम्पलाई आज बिहानबाट ज्वरोसमेत आएको चिकित्सकहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board