सरकारले डाक्टर केसीको माग सम्बोधन गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

काठमाडौँ, १६ असोज । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले अनशनरत डाक्टर गोविन्द केसीलाई आज भेट गरेका छन् । चिकित्सा क्षेत्रको सुधारलगायतका माग राख्दै १९ दिनदेखि अनशनरत वरिष्ठ चिकित्सक केसीलाई भेट्न पूर्वराष्ट्रपति यादव त्रिवि शिक्षण अस्पताल पुगेका हुन् ।

जुम्लामा रहेका केसीले त्यहीँबाटै सत्याग्रह थालेका थिए । उनी केही दिनअघि काठमाडौं आएर त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा सत्याग्रहमा रहेका छन् । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले अहिलेसम्म वार्ताको कुनै पहल गरेको छैन ।

पूर्वराष्ट्रपति यादवले डाक्टर केसीले सत्याग्रहमार्फत जनताको माग उठाएकाले सरकारले वार्तामाफत समस्या समाधान गर्नुपर्ने बताएका छन्। डाक्टर केसीले प्राणकै आहुति दिन तयार भई जनताको माग उठाएकोले सरकारले पनि वार्तामार्फत नै यसको समस्या समाधानका लागि पहल गर्ने पूर्वराष्ट्रपतिको भनाई थियो ।

पूर्वराष्ट्रपति यादवले सत्याग्राही केसी र महात्मा गान्धी जस्ता पुरुषकै कारण संसारमा अहिंसा र शान्तिको ज्योति बलेको उदाहरण दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति