ओली-प्रचण्डबीच भेटवार्ता, भोलि नेकपा सचिवालय बैठक आह्वान

काठमाडौं, १६ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको छलफल सकिएको छ ।

आज भएको छलफलमा प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलका अनुसार दुई अध्यक्षबीच भोलि (शनिबार) ४ बजे सचिवालय बैठक बोलाउने सहमति भएको छ ।

दुई अध्यक्षबीच करिब एक घण्टा छलफल भएको थियो । मन्त्रिपरिषद पुनर्गठनका विषयमा सहमति जुटाउन अध्यक्षद्वयबीच गत विहीबारयता निरन्तर दैनिकजसो भेटवार्ता हुदै आएपनि मङ्गलबारपछि भने भेटवार्ता हुन सकेको थिएन ।

मन्त्रिपरिषद पुनर्गठनमा कुरा मिल्न नसकिरहेका बेला बिहीबार सरकारले पार्टीसँग छलफल र परामर्श नै नगरी तीन देशका राजदुत नियुक्तिका लागि सिफरिस र मुख्यसचिव नियुक्त गरेपछि नेताहरुमा फेरि खटपट सुरु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board