ओली-प्रचण्ड पुनः संवादमा, मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्तिबारे छलफल

काठमाडौँ, १६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पनः छलफल हुँदैछ । दुई दिनको मौनता तोड्दै शुक्रबार दुई नेताले मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्तिबारे छलफल गर्न भेटवार्ता भएको हो ।

नेकपाका एक नेताका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल जारी रहेको छ । मन्त्रिपरिषद पुनर्गठनका विषयमा सहमति जुटाउन अध्यक्षद्वयबीच गत विहीबारयता निरन्तर दैनिकजसो भेटवार्ता हुदै आएपनि मङ्गलबारपछि भने भेटवार्ता हुन सकेको थिएन ।

मन्त्रिपरिषद पुनर्गठनमा कुरा मिल्न नसकिरहेका बेला बिहीबार सरकारले पार्टीसँग छलफल र परामर्श नै नगरी तीन देशका राजदुत नियुक्तिका लागि सिफरिस र मुख्यसचिव नियुक्त गरेपछि नेताहरुमा फेरि खटपट सुरु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board