मनसुन बाहिरिन अझै एक साता लाग्ने

काठमाडौँ, १४ असोज । नेपालबाट मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुन पश्चिमी भूभागबाट बाहिरिने क्रम शुरु भई सकेको मौसमविद् निराजन सापकोटाले बताए ।

“पश्चिमी भूभागबाट बाहिरिन शुरु भएको मनसुन पूर्वी भूभागसम्म पुग्न एक हप्ता लाग्नेछ”, उनले भने, उनका अनुसार मनसुन पश्चिमी भूभागबाट शुरु भई पूर्वी भूभागबाट अन्त्य हुनेगर्छ । गत वर्ष पनि मनसुन अक्टोबरको पहिलो हप्ता बाहिरिएको थियो ।

मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ भए पनि विगत दुई–तीन वर्षदेखि मनसुन अक्टोबरसम्म पुग्ने गरेको बताइएको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । राति प्रदेश नं १, वाग्मती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र प्रदेश नं ५ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव ८ र अधिकतम तापक्रम ३० दशमलव ४ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १२ दशमलव ६ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव ७ डिग्री सेल्सियस रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति