कर्मचारीमा कोरोना पुष्टि, श्रम स्वीकृति बन्द

काठमाडौं, १४ असोज । वैदेशिक रोजगार कार्यालय ताहाचलका कर्मचारीमा कोरोना संक्रमण भएको छ । सो कार्यालयबाट अहिले श्रम स्वीकृति दिने काम बन्द भएको छ ।

ताहाचलबाट निषेधाज्ञापछि वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालका अनुसार कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा रोकिएको हो ।

कार्यालयका एक जना कर्मचारीमा कोरोना पुष्टि भएको र अन्य कर्मचारीमा पनि लक्षण देखिएको विभागका महानिर्देशक दाहालले भने । कार्यालय त खुल्लै हुन्छ तर सबै प्रकारका सेवा भने बन्द गरिएको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति