प्रतितोला ९०० ले सुनको मूल्य वृद्धि

काठमाडौँ, १३ असोज । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ९०० ले बढेको छ ।

महासङ्घले मङ्गलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० तोकेको छ । आइतबार र सोमबार सुनको मूल्य स्थिर रहेको थियो । सोमबार छापावाला सुनको मूल्य प्रतितोला रु ९३ हजार ३०० र तेजाबी सुनको मूल्य रु ९२ हजार ८०० पुगेको थियो ।

यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु २५ ले वृद्धि भई एक हजार १७५ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति