भारतमा कोरोना संक्रमितको संख्या ६० लाख बढी

काठमाडौं, १३ असोज । विश्वभर महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरसबाट भारतमा संक्रमित हुनेको संख्या ६० लाख ७४ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा ८२ हजार १७० कोरोना संक्रमित थपिएसगै ६० लाख ७४ हजार ७०२ पुगेको हो । भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ९५ हजार ५४२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार ३९ कोरोना संक्रमितको मृत्यु भएको विवरणहरू सार्वजनिक भएका छन् ।पछिल्लो समय भारतमा दैनिक हजारौंको संख्यामा संक्रमितहरू थपिएका छन् । भारतमा सिनेमा हलबाहेक प्रायः सबै पेशा, व्यवसाय तथा क्षेत्र पूर्ववत अवस्थामा सञ्चालनमा आइसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति