आईपीएल : साविक विजेता मुम्बई सुपर ओभरमा पराजित

काठमाडौं, १३ असोज ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले दोस्रो जित निकालेको छ ।

राति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गर्दै बेङ्ग्लोरले दोस्रो जित निकालेको हो । यूएई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बेङ्ग्लोरले दिएको २ सय २ रनको लक्ष्यमा मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा मुम्बईले १ विकेट गुमाएर ७ रन बनायो । बेङ्ग्लोरले बिना विकेटको क्षति ११ रन बनायो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनाएको थियो ।

जितसँगै तालिकाको तेस्रो स्थानमा उक्लिएको बेङ्ग्लोरको ४ अंक भएको छ । हारेको मुम्बईको २ अंक छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति