ओली-प्रचण्डबीच आज पनि भेटवार्ता, मन्त्रिपरिषद पुनर्गठनबारे छलफल

काठमाडौं, १२ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रिपरिषद पुनर्गठनका विषयमा बालुवाटारमा छलफल चलिरहेको छ ।

मन्त्रिपरिषद पुनर्गठनका विषयमा दुवै अध्यक्षले निरन्तर छलफल गरिरहेका छन् । गत बिहीबार, शुक्रबार र आईतबार गरी तीन दिन यही विषयमा छलफल भईसकेको छ ।

सोमबार पनि सोही विषयमा दुई अध्यक्षबीच छलफल सुरु भएको हो । आईतबार दुई अध्यक्षबीच पुनर्गठनका विषयमा छलफल चले पनि सहमति नभएको बताइएको छ । मन्त्री कसलाई बनाउनेभन्दा पनि कुन–कुन मन्त्रीलाई हटाउने विषयमा दुई अध्यक्षबीच कुरा नमिल्दा पुनर्गठनबारे सहमति हुन नसकेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति