अर्मेनिया र अजरबैजानबीच सीमा विवादका कारण भिडन्त, २३ को मृत्यु

काठमाडौं, असोज १२ ।  पश्चिम एसियाली देश अर्मेनिया र अजरबैजानबीच सीमा विवादका कारण भिडन्त भएको छ । भिडन्तमा २३ जना मारिएका छन् ।पूर्व सोभियत युनियनका दुई देशबीच विवादित नागोर्नो–काराबाख क्षेत्रलाई लिएर आइतबार भिडन्त भएको हो ।भिडन्तमा दुवै पक्षले आ–आफ्नोतर्फ मानवीय क्षति भएको जनाएका छन् ।

उक्त क्षेत्रमा १६ जना अर्मेनियाली पृथकतावादी लडाकूहरु मारिएका छन भने सय जना घाइते भएको अर्मेनियाली पृथकतावादी समूहले जनाएको छ । त्यस्तै, अर्मेनियाली पृथकतावादीको आक्रमणमा आफ्ना ७ जना अजरबैजानी नागरिक मारिएको अजरबैजानका अधिकारीहरुले जनाएका छन् ।

भिडन्तपछि अर्मेनिया, अजरबैजान र अर्मेनिया नियन्त्रित नागोर्नो काराबाख क्षेत्रमा सैनिक कानुन लागू गरिएको छ भने अजरबैजानले आफ्ना सेनालाई परिचालित हुन निर्देशन दिएको छ ।विवादित क्षेत्रमा अर्मेनियाका नागरिकले बसोबास गरे पनि अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको जमिन भएको उल्लेख छ । यसैबीच, संयुक्त राष्ट्रसंघले दुवै मुलुकलाई तत्काल युद्धविराम गर्न आग्रह गरेको छ । बिबिसीबाट

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board