भारतमा भयावह बन्दै कोरोना : संक्रमितको संख्या ६० लाख नाघ्यो

काठमाडौं, १२ असोज । भारतमा कोरोनाभाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ६० लाख ७३ हजार ३४८ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ८२ हजार ७०० जना नयाँ संक्रमित थपिएका विवरणहरु सार्वजनिक भएका छन् । साथै पछिल्लो २४ घण्टामा एक हजार ४० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भारतमा योसँगै कूल मृत्यु हुनेको संख्या ९५ हजार ५०० पुगेको छ । पछिल्लो अपडेट अनुसार ९ लाख ६४ हजार ४०७ जनामा सक्रिय कोरोनाको अवस्था छ भने ५० लाख १३ हजार ३६७ जना निको भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति