एकैदिन १५७३ जना कोरोना संक्रमित, १० को मृत्यु

काठमाडौं, ११ असोज । नेपालमा बितेको २४ घण्टामा थप १५७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

सरकारी तथ्यांक अनुसार हालसम्म कुल संक्रमितमध्ये ५३ हजार ८९८ निको भइरहेका छन् । आइतबारमात्रै ८८५ डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, आज संस्थागत आइसोलशेनमा ८ हजार ३२१ जना र होम आइसोलेशनमा १० हजार ६९८ जना रहेका मन्त्रालयले जनाएको छ ।

थप १० जनाको मृत्यु
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा १० जनाको कोभिड १९ का कारण मृत्यु भएको छ ।

यो अवधिमा वटा पीसीआर १०,१२३ परीक्षण गरिएको थियो। हालसम्म कोरोना संक्रमणबाट निको हुनेको सङ्ख्या ५३,८९८ छ भने कुल सङ्क्रमितको सङ्ख्या ७३,३९४रहेको सरकारी तथ्यांक छ ।

उपत्यकामा थप ८०९ जनामा संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ८०९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति