ट्रेडिङबाट उठेको भुसाल ग्रुपले किन्यो विशाल सिमेन्ट

काठमाडौं, ११ असोज  । ट्रेडिङबाट व्यवसाय सुरु गरेको भुसाल ग्रुपले झण्डै अर्ब रुपैयाँमा विशाल सिमेन्ट खरिद गरेको छ। ग्रुपका अध्यक्ष बालकृष्ण भुसालले सिमेन्ट उद्योग खरिदसँगै अब आफूहरु उत्पादनमूलक उद्योगतर्फ पनि लगानी विस्तारमा लागेको बताए। भुसाल ग्रुपले तीन वर्षअघि नै केबल तथा तार उद्योग सञ्चालनमा ल्याइसकेको छ। ठूलै लगानी खर्चेर ओपीसी र पीपीसी दुवै प्रकारको सिमेन्ट उत्पादन गर्ने उद्योग किनेपछि ग्रुपले उत्पादनमूलक उद्योगमा राम्रै पकड जमाउने लक्ष्य राखेको छ।‘उक्त सिमेन्टको खरिद प्रक्रियाको सबै काम सकिएको भएपनि उद्योग नामसारी गर्न मात्रै बाँकी छ रहेको छ ।

सन् २०१० मा स्थापना भएको विशाल सिमेन्टले सन् २०१२ देखि उत्पादन सुरु गरेको हो। यस उद्योगको रुपन्देहीको मियानिहियास्थित फ्याक्ट्रीमा अहिले प्रतिदिन ८ सय टन सिमेन्ट उत्पादन हुने कम्पनीले जनाएको छ। यस उद्योगको चुनढुंगा खानीचाहिँ कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको छ।

नेपालमा चिनियाँ लगानीको होङ्सी सिमेन्टले उत्पादन सुरु गरेपछि अहिले सिमेन्टको मूल्य घटिरहेको छ। मागभन्दा बढी उत्पादन भइरहेकोले अहिले मूल्यमा गिरावट आइरहेको छ। त्यसको अलावा चिनियाँ लगानीकै अर्को हुवासिन सिमेन्ट उद्योग समेत निर्माणाधीन अवस्थामा छ। यसै बीचमा भुसाल ग्रुपले विशाल सिमेन्ट खरिद गरेर लोकल मार्केटलाई नै चलायमान राख्ने योजना बनाएको भुसाल ग्रुपले जनाएको छ। तर पछिल्लो समय सिमेन्टको खपत बढाउनु आफैँमा चुनौति रहेको रहेको छ । यस्तो अवस्थामा सरकारले आगामी दिनमा लिने नीतिप्रति आशावादी रहेको अध्यक्ष भुसालले बताए। सरकारले छिटो बिग्रिने खालका सडकहरुलाई ढलान गर्ने नीति लियो भने नेपालमा जति सिमेन्ट उत्पादन भए पनि ५ वर्षलाई मार्केटको खोजी नै गर्नु नपर्ने उनी बताउछन् ।

कसरी जन्मियो भुसाल ग्रुप ?

अर्घाखाँचीबाट बुटवल आएका भुसालले राइस मिलबाट व्यवसाय सुरु गरेका हुन्। राइस मिलबाट सुरु भएको उनको व्यवसाय ट्रेडिङ कम्पनीहरुमा विस्तार हुँदै जाँदा भुसाल ग्रुप जन्मिएको थियो। यही ग्रुप अहिले विस्तारै उत्पादनमूलक उद्योगतिर लागेको हो। यो ग्रुपका अध्यक्ष समेत रहेको भुसालले ग्रुपको लगानी तथा व्यवसाय विस्तार गर्ने क्रममा अटो क्षेत्र, हेभी इक्विपमेन्ट, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीलगायतका व्यवसायमा हात हालेका छन्। त्यसको साथै होटल क्षेत्रमा पनि उनले राम्रो लगानी गरेका छन्। मेगा होटलको चेन नै विस्तार गरिरहेका छन्। त्यस्तै वित्तीय क्षेत्रतर्फ मेगा बैंक र साइन रेसुङ्गा बैंकमा पनि यो ग्रुपको लगानी छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति