काठमाडौं, १० असोज । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्राध्यापक डाक्टर दिव्या सिंह शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक समेत रहेकी शाहलाई कोरोना संक्रमण भएको आफैले पुष्टी गरेकी छिन् । शाहलाई हिजो शुक्रबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । शाहले अहिले आफु होम आइसोलेसनमा बसेको बताएकी छिन् । सामान्य थकाई र हल्का ज्वरो आएपनि अरु कुनै समस्या नभएको उनले जानकारी गराएकी छिन् ।
प्रधानमन्त्री ओलीको उपचारमा हरेक पटक शाह नै खटिने गरेकी छिन् । गत फागुनमा भएको दोस्रो पटक मृगौला प्रत्यारोपणको नेतृत्व पनि शाहले नै गरेकी थिइन । कोरोना संक्रमण पुष्टि भएपछि डा। सिंह होम आइसोलेसनमा बसेकी छिन्। आफूलाई कोरोना संक्रमण पुष्टि भएपछि आफूसँग सम्पर्कमा आएका सबैलाई लक्षण देखिए परीक्षण गर्न पनि उनले आग्रह गरेकी छिन्।
प्रतिक्रिया