ललितपुर महानगरका मेयरलाई कोरोना संक्रमण

काठमाडौँ, ९ असोज । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई शुक्रबार कोरोना पुष्टि भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना देखिएपछि महर्जन होम आइसोलेसनमा बसेका छन् । सरकारले तोकेको होम आइसोलेसनको पूर्वाधार भएकोले बखुण्डोलस्थित आफ्नै घरमा आइसोलेसनमा बसिरहेको उनको उनले जानकारी दिएका छन् ।

बिहीबारसम्म कोरोना संक्रमितको घरघरमा पुगेर आवश्यक सामग्री वितरण र विभिन्न कार्यक्रममा सहभागी भएका थिए । ’महर्जनले भने,‘मेरो सम्पर्कमा रहनु भएका सबैलाई पनि सचेत रहनु हुन अनुरोध गर्दछु ।’

यसअघि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण भएको थियो । मेयर शाक्यलाई भदौ १५ गते कोरोना पुष्टि भएको थियो भने भदौ २८ गते उनी कोरोनामुक्त भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति