देशभर १३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ९ असोज । नेपालमा बितेको २४ घण्टामा १३१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरुमध्ये ४५९ जनाको मृत्यु भएको छ भने ५१ हजार ८६६ संक्रमणमुक्त भएको सरकारी तथ्यांक छ । मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा मात्र १४५५ जना संक्रमणमुक्त भएका छन् ।

यो अवधिमा कोरोना संक्रमणका कारण थप छ जनाको मृत्यु भएको छ । मन्त्रालयले शुक्रवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा अहिलेसम्म ४५९ सङ्क्रमितको मृत्यु भएको छ भने निको हुनेको सङ्ख्या ५१,८०० नाघेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति