आइपिएलमा कमजोर ब्याटिङ गरेको बेंग्लोरमाथि पञ्जावको जित

काठमाडौं, ९ असोज । आइपिएलमा रोयल च्यालेन्जर्स बेंग्लोरमाथि किंग्स–११ पञ्जावले फराकिलो अन्तरको जित हात पारेको छ। बिहीबार राति भएको खेलमा पञ्जावले ९७ रनको जित निकालेको हो।पहिले ब्याटिङ गरेको पञ्जावले कप्तान केएल राहुलको शतकमा २० ओभरमा ३ विकेटको क्षतिमा २०६ रन जोड्यो। राहुलले ६९ बलमा १४ चौका र ७ छक्का प्रहार गरे। जारी आइपिएलमा यो पहिलो शतक हो। मंयक अग्रवालले २६ रनको योगदान दिए।

बलिङमा बेंग्लोरका शिभम् दुबेले २ विकेट लिए। २०७ रनको लक्ष्य पछ्याएको बेंग्लोर १७ ओभरमा १०९ रनमै अलआउट भयो। उसका लागि वासिङ्टन सुन्दरले सबैभन्दा बढी ३० रन जोडे।एबी डिभिलियर्सले २८ रन बटुल्दा आरोन फिन्चले २० रन जोडे। बेंग्लोरका अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।बलिङमा पञ्जावका रवि बिश्नोइ र मुरुगन आश्विनले ३(३ विकेट लिए।आइपिएलमा शुक्रबार दिल्ली क्यापिटल्स र चेन्नई सुपरकिंग्सबीच खेल हुनेछ

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति