पछिल्लो २४ घण्टामा उपत्यकामा ७५५ संक्रमित थपिए

काठमाडौं ८ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांक अनुसार काठमाडौंमा ६०९ ललितपुरमा ९५ र भक्तपुरमा ५१ गरी जम्मा संक्रमित थपिएका हुन् ।

भने २४ घण्टामा उपत्यकासहित देशभर १४ सय ९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा देशभर ४५७ जना निको भएका छन् भने निको हुनेको कुल संख्या ५० हजार ४११ पुगेको छ ।

यसैबीच कोरोनाबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको मृत्यु भएको छ । १७ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४५३ पुगेको छ । आज देशभर सक्रिय सक्रमितको संख्या १८ हजार ४३७ रहेको छ । जसमा बितेको २४ घण्टामा ११ हजार ४४९ जनाको पीसीआर भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति