अविरल बर्षा: पहिरोले स्याङ्जामा ९ जनाको मृत्यु, पाल्पाको रम्भामा ५ जना बेपत्ता

काठमाडौं, ८ असोज । अबिरल बर्षासंगै आएको पहिरोमा परी स्याङ्जामा ९ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका वडा नं १४ स्थित तमादीमा एक घर पुरिदा एकै परिवारका ८ जना सहित ९ जनाको मृत्यु भएको वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाणँले बताए ।

एक जनाको जीवतै उद्धार गरिएको उहाले बताउनुभयो । पहिरोले अर्को एक घरमा पनि क्षति पु¥याएको छ । मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन् । यसैबीच गएराति पहिरोले पुरिएर स्याङ्जाको कालीगण्डकीमा एक युवकको मृत्यु भएको छ । तीन दिनदेखिको लगातार वर्षाका कारण घरमाथिबाट खसेको पहिरोमा परी कालीगण्डकी गाउँपालिका–४ गौतम टोलका १८ वर्षीय कृष्ण नेपालीको मृत्यु भएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले बताए ।

त्यस्तै, पाल्पाको रम्भा गाउपालिका–२, फोक्सिङकोटमा पहिरोले बगाउँदा पा“च जना बेपत्ता भएका छन् । फोक्सिङकोट बेलौजाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकोे छ । हुमबहादुर गाहाको परिवारमा सुतिरहेका पाँच जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरूमा हुम बहादुर गाहा अन्दाजी ६० बर्ष, निजको श्रीमती, छोरी, छोरीको छोरी (नातिनी) र छोराको छोरी (नातिनी) रहेका छन् । बुधबार राती अविरल वर्षापछि बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो । मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएका छन् ।

रम्भा गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद रेग्मीले पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको बताउनुभयो । घटना स्थलमा जिल्ला प्रहरी कार्यालयको टोली पुग्ने क्रममा रहेको बताईएको छ ।घटना स्थल सदरमुकाम तानसेन करिव ५ घन्टा टाढा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति